Gold
Bangad salyan

कर्णाली प्रदेश अस्पतालका दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण ,

भदौ १० ,सुर्खेत – कर्णाली प्रदेश अस्पतालका दुई स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।

प्रदेश अस्पताल ध्रोतका अनुसार ओपीडीमा कार्यरत चिकित्सक र अस्पतालमा कार्यरत एक जना महिला स्वास्थ्यकर्मी रहेका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएपछि अस्पतालले बुधबार अन्य ३५ जना चिकित्सक र कर्मचारीको स्वाब संकलन गरी परिक्षणको लागि पठाइएको अस्पतालका कोरोना फोकल पर्सन डा.केएन पौडेले जानकारी दिए ।

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा जाजरकोटमा १ ,दैलेखमा १ ,सुर्खेतमा ७ र सल्यानमा १ ,जना कोरोना भाईरसका संक्रमित फेला परेका छन्।

तेस्तै कर्णाली प्रदेशमा हाल सम्म २०१९ जना डिस्चार्ज भईसकेका छन् भने ६ जनाको कोरोनाबाट निधन भएको छ।