भक्तपुरको सडकभरि डेरीले दुध पोखिदीएपछि , ,
भदौ १३ ,काठमान्डौ – लकडाउन र निषेधाज्ञामा दुध नबिकेको भन्दै भक्तपुरको सुर्य विनायकमा सडकभरि दुध फालीएको छ ।
सूर्यबिनायक नगरपालिका ८ सूर्यविनायक चोकमा रहेको रानीकोट डेरीका सञ्चालकले बिक्री नभएको भन्दै सडकमा दूध फ्याँकेका हुन् ।
किसानबाट संकलन गरेको दुध निषेधाज्ञामा नबिकेको भन्दै शुभमाया श्रेष्ठ सञ्चचालक रहेको डेरीले दुध सडकमा खन्याइदिएको हो।
उपत्यका लगायत भक्तपुर ललितपुरमा निषेधाज्ञाको समयमा बिहान ९ः१५ बजेसम्म मात्रै दूध तथा खाद्यन्न पसल सञ्चालन गर्न पाउने सरकारले निर्देशन गरेको छ।
आज बिहान भक्तपुरमा दूध पोखिएको जानकारी आयो, किन रैछ भनेर कारण बुझ्दा नबिकेर फ्याँकिएको भनेर सञ्चालकले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय भक्तपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी गरे ।
गिरीका अनुसार किसानबाट संकलन गरेको दूध बिक्री ठप्प भएपछि शुभमाया श्रेष्ठ सञ्चचालक रहेको डेरीले सडकमा खन्याइदिएको हो।
बिहान ९ : १५ सम्म दुध पसल ,खाद्यान्न पसल खुल्न दिने भने पनि प्रहरीले बिहानैदेखि धरपकड थाल्छ, मानिसहरु बाहिर निस्कनै डराएका छन् जसले गर्दा दुधमा लकडाउनको बेला ५० प्रतिशत घटेको नेपाल डेरी एशोसिएसनले जनाएको छ ।

