मदिरा सेवनगरि आफ्नै घरमा आगो लगाउने कुशे दमाई पक्राउ ,
भदौ १३ ,अछाम – मदिरा सेवन गरि आफ्नै घरमा आगो लगाउने मंगलसेन नगरपालिका ६ सिराडीका २५ वर्षीय कुशे दमाईलाई प्रहरीले पक्राउ गरेको छ।
उनले बिहिबार दिउँसो श्रीमतीसंग वादविवाद गरि कुटपिट गरि घरमा आगो लगाएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले बताए ।
उनले छोराछोरी र भाईलाई पनि कुटेका थिए। आगोबाट घर आंशिक रुपमा क्षति भएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कोरोना महामारी र नजिकिदै गरेको दशैँमा हुनसक्ने सम्बह्वित घटनालाई मध्यनजर गरि प्रहरीले शान्ति सुरक्षाको लागि सुरक्षा कडा परेको प्रमुख शाहीले बताए।

