प्रेस पासको दुरुपयोग बढेपछि पत्रकार महासंघले निकाल्यो यस्तो विज्ञप्ति ,
भदौ १४ ,काठमान्डौ – सरकारले गरेको कोरोना महामारी नियन्त्रणमा काठमाडौ उपत्यकासहित देशका विभिन्न ठाँउमा गैरपत्रकारले प्रेस पासको दुरुपयोग गरेको पाईएपछि नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
अहिले उपत्यकामा गुड्ने धेरै गाडीमा प्रेस लेखेको पाईन्छ ,कतिपयले फोर्ड आईकोन , सुजुकीमा फुड सप्लाई लेखेर हिड्ने गरेका छन्।
पत्रकारिता पेशाभन्दा बाहिरका व्यक्तिहरुलाई आफ्नो सवारी साधनमा प्रेस लेखेर हिँडडुल नगर्न माहसंघले आग्रह गरेको छ,भने प्रेस पासको दुरुपयोग रोक्न महासंघले नेपाल प्रहरी लगायतका सम्बन्धित निकायहरुलाई आग्रह समेत गरेको छ।
महसंघले भनेको छ आम सञ्चारकर्मी र सञ्चार प्रतिष्ठनलाई पेशागत कर्मका समयमा मात्रै प्रेस उल्लेख गरिएको सवारीसाधन प्रयोग गर्न, र आफन्त वा साथीभाइलाई प्रेस पास नदिन र प्रेस पासको दुरुपयोग हुन नदिन सचेत रहन आग्रह गर्दछ ।
प्रेस उल्लेखित सवारी साधनमा यात्रुको प्रेस पास चेकजाँच गरि प्रेस पास अधिकारिक भए नभएको निश्चित गरि सम्बन्धित व्यक्ति पत्रकारिता पेशागत जिम्मेवारीमा हिडे नहिडेको महासंघले महानगरिय ट्राफिक प्रहरी कार्यालय सहितका सम्बन्धित निकायलाई हार्दिक आग्रह गरेको छ।
कसैले प्रेसको दुरुपयोग गरेको पाइएमा कानुनी कारवाही गर्ने पनि महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ।

