Gold
Bangad salyan

कर्णाली प्रदेशमा आज ८ जना संक्रमित थपिए ,

भदौ २० ,काठमान्डौ – पछिल्लो २४ घन्टामा कर्णाली प्रदेशमा ८ जना कोरोना संक्रमित थपिएक छन्। जसमा जाजरकोटमा ३ ,दैलेखमा ३ र सल्यानमा २ जना रहेका छन्।

कार्नाली प्रदेशमा हालसम्म ३३० संस्थागत र ३६ जना होम आईसोलेसनमा रहेका छन्। तेस्तै हाल ४१८ जना क्वारिनटिनमा रहेका छन् भने ३ जनाको आइसीयुमा उपचार भईरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

कर्णालीमा कुल २२ सय ७९ जना डिस्चार्ज भईसकेका छन् भने डोल्पा मुगु,र हुम्ला जिल्ला कोरोना मुक्त भईसकेका छन्।

कोरोनाबाट ६ जनाको कर्णालीमा निधन भईसकेको छ। पछिल्लो चरणमा कोरोनाबाट ९ जनाको मृत्यु भएको छ जसमा ३ महिला र ६ पुरुषको निधन भएपछि कुल संख्या २८० पुगेको हो ।