Gold
Bangad salyan

आज दिउँसो रातो मछिन्द्रनाथको रथ यात्रा तानिने,

भदौ २१ ,काठमान्डौ – आज दिउँसो ४ बजे रातो मछिन्द्रनाथको रथ यात्रा तानिने भएको छ। विगतका वर्षजस्तो रथलाई विभीन्न स्थानमा भने नभई पुल्चोकबाट सोह्रखुट्टे पाटीसम्म तानिने भएको हो ।

समुदायस्तरमा दैनिकजस्तो बढिरहेको कोरोना महामारीका कारण यसपटक लोकनाथलाई टोलटोलमा लगेर रथयात्रा तथा जावलाखेल पुर्याएर भोटोजात्रा गर्न सम्भव नभएपनि तीन देखि छ फिटको दूरीमा हरेक मानिसलाई राखेर हातैले रथ तान्ने पुचःका संयोजक चन्द्र महर्जनले बताए।

रथ यात्रामा १७ औं शताब्दीका मल्लकालीन राजा सिद्धिनरसिंहको ऐतिहासिक राज खड्ग पनि राजकिय सम्मानका साथ समारोहस्थलमा पुर्‍याइने र गुरुजु पल्टनको पनि सहभागी गराइने उनको भनाइ छ ।

रथ तान्ने दिनलाई पाटनबासीले ‘छोय्ला बु’ भनी एक किसिमको पर्व मनाउने चलन छ । बिहानैदेखि १९ औँ जातीय खलः पुचःका ५०१ स्वयं सेवक खटाएर रथको मर्मत सम्भार भईरहेको छ।

परम्पराअनुसार ‘छोय्ला बु’ पुल्चोकबाट रथ गा:बहाल पुगेपछि गा:बहाल क्षेत्र वरिपरिका टोलबासी, सुन्धारा र लगनखेल पुगेपछि आ–आफ्नो क्षेत्रका बासिन्दाले मनाउँछन् ।

अन्य वर्षको जस्तो मत्स्येन्द्रनाथलाई रथमा नरिवल खसाल्ने र भोटो भने नदेखाइने भएको छ । देशमा कुनै अनिस्ठ नहोस कुनै अप्रिय घटना नघटोस भनेर मत्स्येन्द्रनाथका पुजारी, बाराही, यँवाल गुठीयार, धकुले छुट्टाछुट्टै रुपमा क्षमापूजा गरेका थि।

केहिदिन अगाडी मात्र रथ तान्दा पुल्चोकमा झडप भएपछि प्रशाशनले शुक्रबार राति १० बजेबाट कर्फ्यु लगाएको थियो, अहिले कर्फ्यु हटाएर २६ गते सम्म बिहान ५ बजे देखि बेलुका १० बजे सम्म निषेधाज्ञा गरेको छ।