Gold
Bangad salyan

पुल्चोकमा ट्राफिक प्रहरी कुटेर पक्राउ परेका ६ जनामा कोरोना संक्रमण पुष्टि,११ जना अझै बाँकी ,

भदौ २२ ,काठमान्डौ -ललितपुरको पुल्चोकमा रातो मच्छिन्द्रनाथको रथ तान्ने क्रममा ट्राफिक प्रहरीलाई कुटेर पक्राउ परेका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आईतबार दुई जनामा कोरोना संक्रमण फेला परेको थियो आज ४ जनामा संक्रमण पुष्टि भएको र अझै १ जनाको रिपोर्ट आउन बाँकी रहेको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रवक्ता तथा डिएसपी सन्तोष तामाङले बताए।

पक्राउ परेका १९ जना मध्ये ३ जना हिजै रिहा भईसकेका छन्। रिहा भएकालाई आफन्तको जिम्मा लगाईएको र कोरोना संक्रमितलाई पनि आफन्तको जिम्मा लगाई आईसोलेसनमा राख्न सुझाव दिएको डिएसपी सन्तोषले जानकारी गरे।

पक्राउ परेकालाई ‘सार्वजनिक शान्ति विरुद्दको कसुर’मा मुद्दा चलाइएको जानकारी प्रहरीले दिएको छ।

महानगरीय अपराध महाशाखाको टोलीले आइतबार नै ललितपुरका मेयरलाई काट्ने भन्दै धम्की दिने सञ्जय शाक्यलाई समेत पक्राउ गरिसकेको छ।

सरकारी वकिलको राय लिएर अनुसन्धान अघि बढाइने र त्यसै अनुरुप कारवाही हुने परीसरले जनाएको छ।