कुमाख गाउँपालिका वडानं ४ काे वडा कार्यालय भवन निर्मान कार्य सुरु ,
भदौ २३ ,सल्यान – सल्यान कुमाख गाँउपालिका वडान ४ को वडा कार्यालय भवन निर्माण कार्य सुरु गरिएको छ।
हिजोनै भवनको शिलान्यास गरेर थदरा शिद्दबाबा मन्दिरनजिक भवन निर्माण कार्य सुरु भएको वडान ४ का वडाअधय्क्ष तिल्बिर बुढाले जानकारी दिए।
भवन निर्माणको लागि स्थानीय दामोदर गिरि र पलमान गिरीले साढे ३ रोपनी जग्गा उपलब्ध गराएको बुढाले बताए।
पछिल्लो समयमा वडाअध्यक्ष बुढा स्थानीय स्तरमा भईरहेका विकास योजना कार्यमा सक्रिय भएर जनताको मन जित्ने गरेका छन्।

