Gold
Bangad salyan

आज थप १२०१ नँया कोरोना संक्रमित थपिए,१४ जनाको मृत्यु ,

भदौ २७ ,काठमान्डौ – पछिल्लो २४ घण्टामा नेपालमा थप १२०१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यो संगै कुल कोरोना संक्रमितको संख्या ५३ हजार १२० पुगेको छ। तेस्तै पछिल्लो समय ८५२ जना डिस्चार्ज भएपछि हाल सम्म कोरोना भाईरसलाई जितेर घर फर्किनेको संख्या ३७ हजार ५२४ पुगेको हो।

स्वस्थ्य मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार १७६ नमुना परीक्षण भएको छ ।