Gold
Bangad salyan

नेकपा प्रवक्ता नारायणकाजि श्रेष्ठले बनाए कोभिड-१९ स्वयंसेवा टिम,

भदौ २८ ,काठमान्डौ – नेपाल कम्युनिष्ट पार्टी सचिवालय सदस्य (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले कोभिड-१९ स्वयंसेवा गठन गरेका छन् ।

श्रेष्ठले अहिले कोरोना महामारी रहेको हुनाले सबैले यसमा ध्यान दिनुपर्ने बताएका हुन्। सरकारले यसमा विभिन्न नीति नियम योजना अर निर्णय चाल्दै आएको छ।

सरकारले आफ्नो कामलाई अझै प्रभावकारी बनाउन सबैले ए आफ्नो ठाँउबाट ध्यान दिनुपर्ने प्रवक्ता श्रेष्ठले बताए।

यो बेला सबैले समुदायमा केन्द्रित भएर श्रमिक ,गरिब असाहायको सहयोगमा स्वयम्सेवी रुपमा हात अगाडी बढाउनुपर्ने आवस्यक रहेको श्रेष्ठले बताए।

यो आवस्यकतालाई महसुस गर्दै श्रेष्ठको निजी सचिवालय अन्तरगत गठित कोभिड-१९ स्वयंसेवाले कोभिड उपचारसम्बन्धि प्रकिया र उद्धारमा सहजीकरणका साथै मनोसामाजिक र आपतकालीन स्वास्थ्य परामर्श गठन गरिने निर्णय भएको हो ।