Gold
Bangad salyan

रासायनिक मल कालोबजारी गर्ने चितवनमा चारजना प,क्राउ ,

भदौ २९ ,काठमान्डौ – रासायनिक मल कालोबजारी गर्ने सहकारीका चार जनालाई जिल्ला प्रशाशन चितवनले प,क्राउ गरेको छ भने मल पनि जफद गरेको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले रत्ननगर नगरपालिका,१ बकुलहरमा रहेको निर्मल बहुउद्देश्यीय सहकारी संस्थाले मलमा कालोबजारी गरेको ठहर गर्दै जनही १० हजार जरिवाना पनि गरेको हो ।

सहकारीमा खोलिएको अवस्थामा राखेको एक हजार ५० किलोग्राम र नखोलिएको ३० बोरा युरिया मल जफत गर्ने निर्णयसमेत गरेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको ।

सरकारबाट अनुदान मल लिएर किसानला बढी मुल्यमा बेचीएको भन्ने सामाजिक सञ्जाल लगायत विभिन्न समाचार माध्याममा आएपछि जिल्ला प्रहरी कार्यालय चितवनले सहकारीका व्यवस्थापक विनोद अधिकारीसहित चार जनालाई प,क्राउ गरेको थियो।

प,क्राउ पर्नेमा खरिद बिक्री उपसमितिका संयोजक रामकृष्ण तिमिल्सिना, सदस्यद्वय निर्मला घिमिरे र मायानाथ अर्याल हुन् । जिल्ला प्रशासनले निर्मल बहुउद्देश्यीय सहकारी संस्थालाई थप कारबाही गर्नका लागि स्थानीय तह रत्ननगर नगरपालिकालाई पत्र पठाएको छ ।

तेस्तै सहकारी संस्थाहरु स्थानीय सरकारसँग अनुमति लिएर सञ्चालनमा रहेकाले सोही अनुरुप स्थानीय तहबाट पनि कारबाही गर्नका लागि पत्र पठाइएको जनाईएको छ । जफ्दा गरिएको मल बिक्री वितरणका लागि स्थानीय तहलाई जिम्मा दिने र सो बापतको रकम सरकारको राजश्व खातामा जम्मा गर्ने निर्णय गरेको जिल्ला प्रशाशनले जानकारी गरेको छ ।