Gold
Bangad salyan

प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा खतिवडा नियुक्त,

भदौ ३० ,काठमान्डौ – सरकारले निवर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई सरकारको विशेष आर्थिक सल्लाहकार नियुक्तगरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले खतिवडालाई प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो।

मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न मंगलबार सञ्चार मन्त्रालयमा गरिएको पत्रकार सम्मेलनमा खतिवडालाई मन्त्रीसरह सुविधा पाउने गरी आर्थिक सल्लाहकार नियुक्त गरिएको सरकारका प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका हुन् ।

राष्ट्रियसभा सदस्य कार्यकाल भदौ २० मा सकिनुअघि नै खतिवडाले भदौ १९ गते अर्थमन्त्रीबाट राजीनामा दिएका थिए ।