Gold
Bangad salyan

कर्णाली प्रदेशमा आज थप १२ जना कोरोना संक्रमित थपिए,

असोज १ ,सुर्खेत – कर्णाली प्रदेशमा आज थप १२ जना कोरोना संक्रमित थपिएका छन्। ति मध्ये १० जना दैलेख जिल्लाका रहेका छन् भने १ जना सुर्खेत र अर्का १ जना जाजरकोटका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

तेस्तै कर्णाली प्रदेशमा २४९ जना संस्थागत र १३० जना होम आईसोलेसनमा रहेका छन्। ९ जनाको आइसीयुमा उपचार भईरहेको छ।

तेस्तै प्रदेशमा ८१७ जना क्वारिनटिनमा रहेका छन् हाल सम्म २६०८ जनाले कोरोनालाई जितेर घर फर्किसकेका छन्।