Gold
Bangad salyan

मन्त्रालय टुक्र्याएर केपी ओलीले रेल मन्त्रालय थप्ने तयारि ,

असोज १२ ,काठमान्डौ – मन्त्रिपरिषद् पुनर्गठनमा सहमति जुटाउन लगातार छलफलमा जुटेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छफल चलिरहेको छ।

तेस्तै श्रोतका अनुसार ओली र प्रचण्डबीच तीन वटा मन्त्रालय समेत टुक्र्याउने बारेमा समेत कुराकानी भइरहेको बुझिएको छ । तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष बीच सहमति जुटिसकेको छ।

यसो गर्दा अब उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय टुक्रयाएर एउटा उद्योग र अर्को वणिज्य तथा आपूर्ति मन्त्रालय बनाइनेछ। त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइलाई टुक्रयाएर ऊर्जा र सिँचाइ तथा नदी नियन्त्रण मन्त्रालय बनाइने भएको छ। भौतिक पूर्वाधार तथा यातायातलाई पनि टुक्रयाएर भौतिक पूर्वाधार र यातायात तथा रेल मन्त्रालय बनाउने गरी समझदारी बनेको छ।

संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थाले राज्यमन्त्री नराख्ने गरी मन्त्रालय टुक्रयाएर आन्तरिक भागबन्डा मिलाउने प्रयास दुई अध्यक्षले गरेका हुन्। हाल सम्म २१ वटा मन्त्रालय छन् ।

तर नेकपा भित्र भने मन्त्रालय फुटाउना नहुने आवाज उठेको छ। विगतमा मन्त्रालय फुटाउने मन्त्रि थप्ने गर्नाले विकृति विसंगति ल्याएको भन्दै यसो नगर्न नहुने स्थायी समितिका सदस्य हरुले बताएका छन्।