Gold
Bangad salyan

सम्झनाको हत्यारा भन्छ ढुँगा र त्रिशुलले हाने छटपटाईरहेकोबेला घनले हाने प्राण गयो ,

असोज १५ ,बझाङ्ग -बझाङ जिल्लाको मस्टा मस्टा गाउँपालिकामा बलात्कार पछि हत्या गरिएकि १२ वर्षीय सम्झना विकको हत्यारा स्थानीय राजेन्द्र बोहोराले बलात्कार पछि त्रिशुल र घनले हानेर हत्या गरेको बयान दिएको छ।

हत्याको आरोपमा पक्राउ परेका मस्टा गाउँपालिका–२ खिकालाका राजेन्द्र बोहराले ८ दिन पछि अपराध स्वीकार गर्दै  सिमथला जंगलबाट गोठमा ल्याएर बलात्कार पछि हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको हो ।

सम्झनाको हत्यारा राजेन्द्र बोहोरालाई प्रहरीले गत मंगलबार पत्रकार सम्मलेन गरि सार्वजानिक गरेपनि आरोप भने स्वीकार गरेको थिएन।

गोठ हिँडेकी सम्झनालाई करिब १५ मिनेट जति टाढा सिमथला जंगलबाट फकाउदै मन्दिरतर्फ लगेको र मन्दिरमा सम्झना छिर्न नमानेपछि हँसिया र डोको नाम्लो फाल्दिदै लछार पछार गरेर मन्दिरमा लगेर बलात्कार गरेको प्रहरी श्रोतमा बयान छ।

बलात्कार गर्दा सम्झनाले सक्दो प्रतिकार गरेकि थिइन् ,गाँउका सबैलाई भन्दिन्छु भनेपछि पोल खुल्ले डरले हत्या गरेको हत्याराले बयान दिएको हो।

उसले सुरुमा ढुङ्गाले हानेको ,तेस्पछि त्रिशुलले खोपको र सम्झना छटपटाईरहेको बेला घनले हाने उसको प्राण गयो हत्यारा भन्छ। हत्यामा प्रयोग गरिएका हतियार पनि प्रहरीले बरामद गरेको छ।

मन्दिर जस्तो गोलघर को नुर्मान भईरहेको छ ,खेतमा बारीमा काम गर्न आउने जानेहरु स्थानीयले कुटा कोदाला तेही राख्ने गर्दछन। गत साउनमा पनि सम्झनाको हत्यारा बोहोराले स्थानीय एक अर्की अर्की १३ वर्षीया बालिकालाई बलात्कार गरेको सार्वजनिक भइसकेको छ ।

पानीघट्ट हिडेकी बालिकालाई उनले बलात्कार गरेको घटना बाहीरिएपछी स्थानीयमा पिडितलाई ५ सय रुपैयाँ दिएर मिलापत्र गरेका थिए। अगाडी अर्को घटना छ अब पनि यो घटना बाहिरिने डरले मैले सम्झनाको हत्या गरेको हु ,आरोपितले भन्यो।

तेस्तै सम्झनाको हत्यापछि हत्याराले केहि पर गएर ओखर टिपेर खाएको र वालुवामा सहिरी समेत लेखेको बयान दिएको हो।

प्रहरीले हत्यारालाई सार्वजानिक गरेपनि हत्या स्वीकार नगर्दा गाँउले स्थानीयले शंका गरेका थिए ,मंगलबार भएको सर्वपक्षीय बैठकमा पनि उसको पोलिग्राफ र डीएनए परीक्षण गर्नुपर्ने माग उठेको थियो ।