उत्कृष्ट गाउँपालीका बारपाक सुलिकोट जसले आफ्नै खर्चमा डोजर खरिद गर्यो ,

असोज १५ ,काठमान्डौ – गोरखा बारपाक सुलिकोट गाउँपालिका नेकपा सरकारले आफ्नै बजेटमा डोजर खरिद गरेर नेपालकै नमुना गाँउपालिकाको रुपमा चिनाएको छ।

जिल्लाका गाउँपालीकाहरू मध्य बारपाक सुलिकोट गाउँपालीका द्वारा आफ्नै कार्यालयको बजेटबाट डोजर खरिद गरेपछि विकास निर्माण कार्यमा दिर्घकालिन सहयोग पुग्ने गाँउपालिकाका अधय्क्ष विष्णु भट्टले बताए।

तेस्तै बारपाक सुलिकोट गाउँपालीका भित्र अब जुनसुकै बेलमा पनि भौतिक पूर्वाधार सम्बन्धि केहि अफ्ठ्यारो भएमा गाउँपालीका द्वारा निशुल्क डोजर लगाएर सफ्फा र पन्छाउने काम समेत गरिने अध्यक्ष भट्टले बताए।

गाँउपालेकाक विभिन्न स्थानमा पहिरो जाने ,सडक सफा गर्दा ,संघ संस्था निर्माण गर्दा टेन्डर आवहान गर्नुपर्ने तैपनि काम राम्रो संग नहुने भएपछि दिर्घकालिन सहयोग र सदुपयोगको लागि गाँउपालिकाको बजेटमा डोजर खरिद गरिएको भट्टले बताएका हुन्।

तेस्तै बारपाक सुलिकोट गाउँपालीका अध्यक्ष बिष्णु भट्ट गोरखा जिल्लाकै सफल गाउँपालीका अध्यक्षमा चिनिन्छन। भट्टको पहलमा अहिले बारपाक सुलिकोटमा प्राविधिक शिक्षालय कृषि जेटिए सुरु भएको छ, ।.

अब प्राविधिक शिक्षालय बढ्न राजधानी आउन र विद्यार्थीको लाखौ खर्चको बचत हुने भएको छ। यस्तै अब विद्यार्थीले घरमै बसी कृषी बाली बिज्ञानमा स्नातकोत्तर तहको अध्ययन गर्न पाउने भएका छन् ।