बुटवल आजदेखि २१ गतेसम्म निषेधित क्षेत्र घोषणा,
असोज १८ ,वुटवल – बुटवल उपमहानगरपालिकाका १२ स्थानलाई आज देखि २१ गते सम्मका लागि निषेधित क्षत्रे घोषणा गरिएको छ ।
प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई राजधानी तोक्न गरेको प्रस्तावको विरोधमा आन्दोलन भएपछि उपमहानगरपालिकाले १८ – २१ सम्मलाई निषेधित क्षेत्र घोषणा गरेको हो।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले प्रदेश सभा रहेको क्षेत्रमा दक्षिणमा इटाभट्टी चोक, उत्तरमा कालिका मन्दिर चोक, पश्चिममा तिनाउ खोला किनार र पूर्वमा कालिका मन्दिरदेखि इटाभट्टी चोकसम्मको कालिका पथ क्षेत्रभित्र निषेधित क्षेत्र तोकिएको छ ।
यस्तै मन्त्रालयहरू रहेको दक्षिणमा सुन्दर चोक, उत्तरमा भुड्कीचोक, पश्चिममा सिद्धार्थ राजमार्ग र पूर्वमा भाटभटेनी चोक र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय क्षेत्र रहेको दक्षिणमा जेसिस चोक, उत्तरमा विद्युत चोकदेखि हाटबजार जोड्ने लाइन, पश्चिममा हाटबजार लाइन र पूर्वमा सिद्धार्थ राजमार्गलाई लाई पनि निषेधित क्षेत्र घोषणा गरेको हो ।
तेस्तै प्रदेश ५ को राजधानी दाङ सार्ने सरकारको प्रस्तावको विरोधमा नेपालि कांग्रेस रुपन्देहीले शनिबार साँझ बुटवलमा राँके (मसाल) जुलुस निकालेको छ ।
यसैगरी १९ गते ‘बुटवल जाऔं राजधानी जोगाऔं’ नाराका साथ प्रदेश सभा घेराउ र धर्ना गर्ने निर्णय गरेको नेपालि कांग्रेसका पार्टी सचिव रुपन्देहीका रामकृष्ण खांणले बताए।


