विराटनगर आईसियुमा उपचार भईरहेका बिरामीको रहस्यमय मृत्यु ,
असोज १९ ,विराटनगर – विराटनगरको विराटनर्सिङ होम (विराटनगर अस्पताल) को दुई तलामाथिबाट हाम्फालेका बिरामीको मृत्यु भएको छ।
अस्पतालको आईसियुमा उपचार भईरहेका मोरङको मिक्लाजुङ गाउँपालिका,३ का ५३ वर्षीय अमृत गजमेरको मृत्यु भएको हो ।
फोक्सोमा गम्भीर समस्या देखिएपछि गत १७ असोजमा अस्पताल भर्ना भएका गजमेरलाई चिकित्सकको सल्हा अनुसार आईसियुमा उपचार भईरहेको थियो।
आईसियुम गर्मी भएको भन्दै बाहिर निस्किएका गजमेरले आज (सोमबार) बिहान ५ः३० बजेतिर दुई तलामाथिबाट हामफालेको जानकारी अस्पतालले प्रहरीलाई गरेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) सन्तोष खड्काका अनुसार हामफालेर गम्भीर घाईते उनलाई उद्धार गर्दै उपचारका लागि आईसीयूमा भर्ना गरिएको थियो ।
उनको आज बिहान ९ बजे मृत्यु भएको र मृत्यु अस्वाभाविक भएको भन्दै घटनाको अनुसन्धान भैरहेको गजमेरले बताएका छन्।

