Gold
Bangad salyan

बरिस्ठ हास्य कलाकार हरिबंश आचार्य र पत्नीलाई कोरोना पुष्टि,

असोज २० ,काठमान्डौ – बरिस्ठ हास्य कलाकार हरिबंश आचार्यलाई कोरोना संक्रमणको पुस्टि भएको छ।

हिजो गरिएको कोरोना पीसीआर परिक्षणमा आफु र आफ्नो श्रीमती रमिला दुवै जनालाई कोरोना संक्रमण पुष्टि भएको हो।

रिपोर्टमा दुवै जनालाई आज पोजेटिभ देखिएको कलाकार हरिबंश आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी गरेका हुन्।

तेस्तै आफुहरुलाई पोजेटिभ देखिएपनि कुनै संक्रमणका लक्षण भने नदेखीएको आचार्यले बताए।

आफुहरु दुवै दम्पति हम आईसोलेसनमा अरहेको र आफ्नो सम्पर्कमा आएका सबैले निर्धारित समयमा परीक्षण गराउन आग्रह गरेका छन्।

तेस्तै आचार्यले आफुहरुले छिट्टै कोरोनालाई जित्ने र कोरोना संक्रमण ब्यापक रुपमा फैलिको हुँदा सबैले स्वास्थ्य मापदण्ड पुर्याउन आग्रह गरेका छन्।