गोविन्द केसीसँग वार्ताका लागि सरकारको ३ सदस्यीय समिति गठन टोलि ,
असोज २१ ,काठमान्डौ – अनशनरत चिकित्सक प्राडा. गोविन्द केसीसँग वार्ताका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा सरकारले तीन सदस्यीय समिति गठन गरेको छ ।
चिकित्सा शिक्षा क्षेत्र सुधारको माग गर्दै २४ दिनदेखि अनशनरत प्रा.डा. गोविन्द केसीसंग वार्ता गर्न शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको हो ।
टोलीमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा रहेका छन् ।शिक्षामन्त्री गिरिराजमणि पोखरेलले भोलिदेखि नै वार्ता थाल्न निर्देशन दिएका हुन्।
प्राडा.केसी गत २४ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा रहेका छन् । उनको स्वास्थ्य गम्भीर छ तर उनि अनसनरत छन् भने उपचारको लागि आईसीयुमा जान पनि मानेका छैनन्।

