Gold
Bangad salyan

फोनबाटै टिका थाप्न र फोनबाटै आशिर्वाद लिन स्वास्थ्य मन्त्रालयको आग्रह ,

असोज २३ ,काठमान्डौ – यो वर्षको दंशैमा फोनबाटै टिका थाप्न र आशिर्वाद लिनहुन सबै नेपालीहरुमा स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ।

अहिले दैनिक जस्तो कोरोना बढिरहेको हुँदा चाड पर्वमा झनै कोरोना बढ्न सक्ने सम्भावना रहेको मन्त्रालयका पर्वाक्ता जागेस्वर गौतमले बताए।

दशैँलाइ मुख्य चाड भनेर यात्रा गर्ने ,भिड भाड गर्ने ,आफन्तसङ्ग नजिक भएर बुढा पाखासङ्ग टिका नलगाउन मन्त्रालयले आग्रह गरेको हो।

बुढा पाखा आफन्तसङ्ग आशिर्वाद लिने क्रममा उनीहरु र आफ्नुमा समेत कोरोना फैलिन सक्ने डर हुने रहेकोले यो वर्षको दशैँमा फोनबाट आशिर्वाद लिने र टिका थाप्न मन्त्रालयले आग्रह गरेको हो।

तेस्तै पीसीआर परिक्षण गरेका हरुले रिपोर्ट नआउन्जेल सम्म क्वारिनटिन वा होम क्वारिनटिनबाट बाहिर नजान स्वस्थ्य मन्त्रालयले आग्रह गरेको छ।

स्वाब संकलन गर्न दिएर आफ्नो निरन्तर काममा हिड्ने गरेको जानकारी आएको र तेस्त धेरै व्यक्तिमा कोरोना सङ्गक्रमण फेला परेको हुँदा अन्य व्याक्तिलाई कोरोना फैलीएको भन्दै यस्तो नगर्न मन्त्रालयले आग्रह गरेको हो।

तेस्तै कोभिड १९ पुष्टी भएका व्याक्तिहरु समेत आईसोलेसनमा नबस्ने गरेको पाईएको रिपोर्ट पाईएपछि घर परिवार ,छिमेकी सबैले अनुगमन गरि जानकारी गर्न समेत मन्त्रालयले आग्रह गरेको छ।

यदि पोजेटिभ आएर आईसोलेसनमा नबस्ने बाहिर हिडेको पाईएमा संक्रामक रोग ऐन अनुसार कारबाही गरिने र तेस्को लागि गृह मन्त्रालय र सम्बन्धित जिल्ला प्रशाशनलाई जानकारी गरिसकेको मन्त्रालयका प्रवक्ता जागेस्वर गौतमले बताए।

कोरोना देखिने बितिकै आत्तिन नहुन समेत गौतमले बताए,। संक्रम भएपनि घरकै आईसोलेसनमा अब्सना नियमित ब्याम गर्न मनोबल उच्च राख्ने झोलिला खानेकुरा खाने जस्ता दैनिक क्रियाकलापले कोरोनालाई परास्त गर्नसकिने स्वस्थ्य मन्त्रालयका पर्वाक्ता जागेस्वर गौतमले बताए।