Gold
Bangad salyan

कर्णाली प्रदेश सरकारमा ओली पक्षनै तगारो ,

कार्तिक १ ,काठमान्डौ – कर्णाली प्रदेश सरकारको बिचमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वका सांसदहरु तगारो बनेको छ।कर्णालीका सांसद काठमान्डौमा आएर बसेको तिन दिन सम्म ओलीले भेट्ने समय दिएका छैनन्।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता र विवाद चर्कीएपछि कर्णालीका नेकपा पदाधिकारीहरुलाई अध्यक्षद्वयले काठमाडौं बोलाएका हुन्।

तर अधय्क्ष प्रचण्डले पदाधिकारीहरुसंग छलफल गरिसकेका छन् ,केपी ओलीले भने अहिले सम्म भेट घर्ने समय सम्म दिएका छैनन्।

केपी ओलीका निकट पक्षका नेता यामलाल कँडेलको अगुवाइमा कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध १८, जना सत्तारुढ सांसदले संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता गरेपछि कर्णाली सरकार विवादमा फसेको हो ।

जसमा १५ जना पुर्व एमाले र ३ जना पुर्व एमाओवादीका सांसद छन्। १५ जना पुर्व एमालेका सांसदहरुमा ७ जना केपी ओली पक्षका छन्।

अविश्वासमा हस्ताक्षरगर्ने माओवादी र माधव नेपाल पक्षका नेताहरु ब्याक हटेर केही सांसदहरु मन्त्री समेत भईसकेका छन् भने केपी ओली पक्षका अविश्वासको प्रस्ताव अझै कायमै राखेको छ।

कर्णाली प्रदेशबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टी अध्यक्ष गोरखबहादुर बोगटी, प्रदेश कमिटीका सहइन्चार्ज यामलाल कँडेल, प्रमुख सचेतकबाट निलम्बित गुलावजंग शाह, र प्रदेश कमिटीका सचिव मायाप्रसाद शर्मा, प्रकाश ज्वाला, ठम्मर बिष्ट चन्द्रबहादुर शाहीलगायत तीनै गुटका नेताहरु काठमाडौं आएका छन् ।