दिन प्रतिदिन बढ्दै जोखिम, उपत्यकामा थप १६ सय ३० जनामा संक्रमण,
१८ कात्तिक । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ३० सं,क्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ६ सय ३० संक्र,मित थपिएका हुन् । थपिएका संक्रमितमा ७ सय २ महिला र ९ सय २८ पुरुष छन् ।
योसंगै काठमाडौ उपत्यकामा संक्र,मितको कुल संख्या ७९ हजार ६ सय पुगेको छ । योसंगै काठमाडौंमा ६४ हजार ५ सय ४६ जना, ललितपुरमा ९ हजार १ सय ५१ , भक्तपुरमा ५ हजार ९ सय ३ जना संक्र,मित थपिएका छन् ।

