Gold
Bangad salyan

काँग्रेस पार्टीमा शोक : केसीको निध,नले आज कांग्रेस बैठक नबस्ने

काठमाडौं,१८ कार्तिक-नेपाली कांग्रेसका पदाधिकारी, पूर्वपदाधिकारी र शीर्ष नेताहरूको बैठक आज नबस्ने भएको छ । प्रतिनिधिसभा सदस्य एवं उद्योगपति सूर्यबहादुर केसीको निधनका कारण आजका लागि बोलाइएको कांग्रेस बैठक नबस्ने भएको हो ।

पार्टीको १४औं महाधिवेशनको मिति तय गर्न तथा केही समयअघि रामचन्द्र पौडेल पक्षका २७ केन्द्रीय सदस्यले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध गरेको हस्ताक्षरसहितको ज्ञापनपत्रबारे पदाधिकारी बैठकमा छलफल भइरहेको छ ।

सोमबार बसेको बैठकमा सभापति देउवाले नेता पौडेलकै कारण पार्टीको संगठन कमजोर भएको भन्दै आक्रोश पोखेका थिए । आगामी दिनमा कांग्रेस बिग्रेमा पौडेलले नै जिम्मेवारी लिनुपर्ने बताएका थिए ।