Gold
Bangad salyan

कोरोनाका कारण बन्द भएका विद्यालय आईतबार देखि खोल्ने

२२ कार्तिक,काठमाडौं- जुम्लाको तिला गाउँपालिकाले आइतबारदेखि विद्यालय खुल्ने भएको छ । कोरोना भाइरसका कारण गत चैत महिनादेखि बन्द रहेका विद्यालय खुल्ने तयारी भएको गाउँपालिका उपाध्यक्ष विष्णु बुढाले बताउनुभयो । गाउँपालिकाको कात्र्तिक १९ गते बसेको शिक्षा समितिको निर्णयले २३ गते आइतबारदेखि विद्यालय खुलाउने निर्णय गरेको हो । लामो समयदेखि बन्द रहेका विद्यालयहरुमा सामाजिक दुरी कायम गरी पठनपाठन संचालन गर्ने निर्णय भएको सामाजिक विकास अधिकृत जगबहादुर बस्नेतले बताउनुभयो ।

 

शिक्षा समितिको निर्णयका आधारमा विद्यालय खुलाउन सबै विद्यालयमा परिपत्र समेत भइसकेको छ । उहाँले भन्नुभयो,“कार्तिक २३ गते आईतबारका दिन देखि पठनपाठन संचालन गर्ने पठनपाठन संचालन गर्दा आधारभूत तहले नियमित रुपमा कक्षा संचालन गर्ने निर्णय भएको छ । ” माध्यमिक तहले विद्यार्थीको संख्याको आधारमा सेक्सन विभाजन गरेर प्रत्येक दिन ५० प्रतिशत मात्र कक्षामा सहभागी गराउने गरि पठनपाठन संचालन हुने गाउँपालिका सामाजिक विकास अधिकृत बस्नेतले बताउनुभयो ।

 

स्वास्थ्य सुरक्षाका न्युनतम मापदण्ड अपनाई कक्षा संचालन गर्ने, माक्स सेनिटाईजर र साबुन पानीले हातधुने व्यवस्थाप विद्यालयमा मिलाइने छ । कक्षा संचालन गर्दा विद्यालय ब्यवस्थापन समितिको बैठक बसालेर आवश्यक सहजीकरण गर्ने समेत निर्णय भएको शिक्षा समितिले जनाएको छ । जिल्लामा शैक्षिक सत्र अन्त्य हुने बेला पठनपाठन शुरु भएकोले विद्यार्थीमा अन्यौलमा छाएको छ ।