Gold
Bangad salyan

मर्निङ वाक हिँडेका एक पुरूष मृत फेला

२२ कार्तिक,काठमाडौं- चोभारमा मर्निङ वाकमा आएका एक व्यक्ति आज विहान मृत भेटिएका छन्। उनी शनिबार धोबीघाट सनराईज अपार्टमेन्ट नजिक मृत अवस्थामा फेला परेका हुन्।

स्थानीयबासीका अनुसार ती व्यक्ति करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए। आराम गर्दागर्दै निज बाटोमा ढलेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ। शवको अवस्थिति हेर्दा गनको हृदयघातका कारण मृत्यु भएको हुनसक्ने ललितपुर प्रहरीले जनाएको छ। मृतकको पहिचान हुन बाँकी छ।