नेपालगञ्जमा खसी भनेर बाख्राकाे मासु बेच्नेलाई ५० हजार जरिवाना ,
कार्तिक २८ ,बाँके – नेपालगञ्जमा खसी भनेर बाख्राकाे मासु बेच्नेलाई जरिवाना गरिएको छ। तिहार नजिकिदै गर्दा नेपालगञ्ज उपमहानगरपालिकाले नेपालगञ्जमा रहेका मासु पसलको अनुगमन गरेको थियो ।
उपमहानगरपालिका अन्तर्गत उपभोक्ता हित संरक्षण समितिले गरेको अनुगमनका क्रममा केही फ्रेस हाउसमा खसीको मासु भनेर बाख्राको मासु बिक्री गरेको पाईएपछि जरिवाना गरिएको हो ।
अनिमतिबिना अमासु पसल संचालन गर्ने र खसीको भनेर बाख्राको मासु बेच बिखन गरेको पाईएपछि नेपालगञ्जको बागेश्वरी हलरोडमा रहेको थ्री स्टार फ्रेस हाउसलाई ५० हजार रुपैयाँ जरिबानासहित बन्द गराएको छ।
अनुगमनमा बाख्राको मासु सडेको समेत पाईएको र ३५ किलो अयोग्य मासु पाईएपछि नस्ट गरेर पसल बन्द गरिएको नेपालगञ्ज उपमहानगरपालिकाका अधिकृत दिपेन्द्र श्रेष्ठले जानकारी दिए ।
तेस्तै फुल्टेक्रामा रहेको आवेश दाना सप्लायर्समा बिना दर्ता मासु बिक्री भएको पाइएकाले दर्ता नहुँदासम्म ब्यवसाय बन्द गर्न टोलीले निर्देशन दिएको समेत उनले बताए ।

