कोरोनाको मारमा विश्व,सचेत गराउदा घाइते डा. विकास पाण्डे,दोष आखिर कसको ?
३० कार्तिक-बिहीबार बिहान देवघाट घुम्न परिवारसहित गएका बाराका चिकित्सक डा। विकेश पाण्डे मास्क नलगाएको विषयमा भएको विवा,दको झड,पमा परेर घाइते भएका हुन् । देवघाटमा मास्क लगाउने विषयमा विवा,दपछि झ,डप हुँदा चिकित्सक घाइ,ते भएका छन् ।
उनीमाथि देवघाट जाने पुलमा आ,क्रमण भएको थियो। विवा,दका क्रममा टाउ,कोमा बोतल प्रहार भएपछि उनी घा,इते भएका हुन्। पाण्डे पत्नी, आफन्तसहित देवघाट भ्रमणका लागि गएका थिए। आफूमाथि देवघाट उद्योग वाणिज्य संघका अध्यक्ष रोशन श्रेष्ठले कुट,पिट गरेको पाण्डेले बताए ।
‘ममाथिकोकको बोतलले प्र,हार गरियो,’ उनले भने। आफूमाथि विभे,दका शब्द प्रयोग पनि भएको आ,रोप उनको छ। टाउकोमा चोट लागेर घा,इते पाण्डे घर गइसकेका छन् । प्रहरीले भने दुवै पक्षबीच सहमति भइसकेको बताएको छ। ‘कुट,पिट भएको भनेर निवेदन लिएर आउनुभएको थियो,’ इलाका प्रहरी कार्यालय देवघाटका प्रहरी नायब निरीक्षक उज्वल सिलवालले भने, ‘तर दुवै सहमति गरेर गइसक्नु भएको छ।’

