Gold
Bangad salyan

कोरोनाबाट २९ जनाको मृत्यु

काठमाडौं – नेपालमा कोरोना भाइरस ९कोभिड(१९० संक्रमणबाट मृ,त्यु हुनेको संख्या १५ सय नाघेको छ। सोमबार थप २९ जनाको मृ,त्यु भएसँगै कोरोनाबाट मृ,त्यु हुनेको संख्या १५ सय ८ पुगेको हो। यस्तै सोमबार थप १४ सय ७४ जना कोरोना भाइरस ९कोभिड(१९० संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नयाँ सहित संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ पुगेको छ।

यस्तै मन्त्रालयका अनुसार सोमबार १९ सय ३१ जना डिस्चार्ज भएका छन्। योसहित निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ। यस्तै आज कोरोनाबाट थप २९ जनाको मृ,त्यु भएको छ। हालसम्म कोरोनाबाट मृ,त्यु हुनेको संख्या १५ सय ८ पुगेको छ। देशभर क्वारेन्टिनमा ५३५ जना रहेका छन् भने आइसोलेसनमा १७ हजार ४२३ जनाको उपचार भइराखेको छ।