आज थपिए १३ सय ४ कोरोना संक्रमित २१ जनाको मृत्यु,
मङ्सिर १६ ,काठमान्डौ – गत २४ घन्टामा १३ सय ४ कोरोना संक्रमित थपिएको छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रलाका अनुसारजम्मा ८ हजार ५ सय ८३ पीसीआर परीक्षण गर्दा सो संख्या फेला परेको हो।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ । यस्तै गत २४ घन्टामा २ हजार ७३ जना डिस्चार्ज भएपछि हालसम्म कोरोनामुक्त हुनेको संख्या २ लाख १६ हजार ५ सय ९४ जना पुगेको हो ।
तेस्तै योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या १६ हजार ६ सय ३३ पुगेको छ । आज मात्र कोरोनाबाट २१ जनाको मृत्यु भएपछि हाल सम्म कोरोनाबाट निधन हुनेको संख्या १५ सय २९ पुगेको छ ।

