बेलायतबाट सुरु भयो कोरोनाको खोप प्रयोग ,
मङ्सिर १७ ,लन्डन – फाइजर र बायोएनटेक कम्पनीले निर्माण गरेको कोरोनाविरुद्दको खोप प्रयोगगर्न बेलायतले अनुमति दिएको छ ,यो संगै कोरोनाविरुद्धको खोपको प्रयोग अनुमति प्रदान गर्ने बेलायत विश्वकै पहिलो देश भएको हो ।
बेलायती नियमनकारी निकाय मेडिसिन एन्ड हेल्थकेयर प्रोडक्ट्स रेगुलेटरी एजेन्सी(एमएचआरए) ले फाइजरको खोप सुरक्षित रहेको भन्दै प्रयोगको अनुमति दिएको हो ।
बेलयातभर अर्को हप्तादेखि खोप उपलब्ध गराइने विज्ञप्तिमा जानकारी दिइएको छ । बेलयातभर एक हप्तापछिबाट खोप उपलब्ध गराइने र यो खोपले मानिसलाई कोरोना भाइरसबाट बचाउन ९५ प्रतिशत प्रभावकारी भएको पनि स्वास्थ्य सचिव म्याट ह्यानककले जनाएका छन्।
बेलायतले करिब फाइजरसँग ४ करोड डोज कोरोना खोप अर्डर गरिसकेको छ । पहिलो लटमा बेलायतलाई एक करोड डोज छिट्टै उपलब्ध गराइने फाइजरले जनाएको छ । यो खोपको विकास १० महिनाको अन्तरालमा भएको हो ।
बेलयातको खोप कमिटीले कुन प्राथमिकता समूहले पहिलो खोप पाउनेछन् भनेर निर्णय गर्नेछ । यसमा केयर होमका वासिन्दा, स्वास्थ्यकर्मी र बृद्धि र रोगका कारण जोखिम समूहमा रहेका छन् ।
दी जोइन्ट कमिटी अन भ्याक्सिनेसन एन्ड इमुनाइजेसनले सुरुमा ‘केयर होम’ बसेकाहरू र त्यहाँका कर्मचारी अनि त्यसपछि ८० वर्ष उमेर कटेका र सामान्य स्वास्थ्य कर्मचारीहरूलाई खोप लगाउन सुझाएको छ ।
एजेनसि ,,