आफ्ना कार्यकर्तामाथि प्रहरीलाई सुराकी लगाएपछि शिक्षकको हत्या गरिएको विप्लव समूहको दाबि ,
मङ्सिर २४ ,काठमान्डौ – मिक्लाजुङ गाउँपालिका,१ रमितेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक ५४ वर्षीय राजेन्द्रकुमार श्रेष्ठको हत्याको जिम्मा नेत्रविक्रम चन्द विप्लव समुहले लगेको छ।
मंगलबार साँझ चन्द समूहको मेची–कोसी ब्युरोले विज्ञप्ति जारी गर्दै आफ्ना नेता,कार्यकर्तालाई पक्राउ गराउन प्रहरीमा सुराकी गरेकाले उनीमाथि ‘कारबाही’ गरिएको जनाएको छ ।
विप्लव समूहले श्रेष्ठलाई सम्झाउन जाँदा हतियार लिएर आक्रमण गर्न आइलागेकाले प्रतिकारमा उनको मृत्यु भएको विज्ञप्तिमा उल्लेख छ । राजेन्द्र श्रेष्ठले २०७६ फागुन २६ गते पार्टीको मेची – कोशी ब्युरोको बैठकमा क्रममा प्रहरी बोलाएर दमन गराएको समेत जारि विज्ञप्तिमा जानकारी गरिएको हो।
२०७७ कात्तिक १२ गते ब्युरो इञ्चार्ज बसेको ठाउँमा प्रहरी अपरेसन गराएर ब्युरो सदस्य काशीराम घिमिरे र विज्ञान राईलाई गिरफ्तार गराएका थिए। उनले जनमुक्ति सेनाको अभियानमा सशस्त्र प्रहरी ल्याएर अपरेसन सञ्चालक गराएका थिए।
विज्ञप्तिमा उल्लेख छ ,श्रेष्ठले जनताको घरमा पटक पटक प्रहरी पठाउने नेकपाका कार्यकर्तालाई खान बस्न दिए तातो गोलि खान्छौ भन्दै आतंकित समेत बनाएको विप्लवले समुहले उल्लेख गरेको छ। विप्लव समुहले श्रेष्ठलाई बारम बार सम्झाउन्दा नमानेको र सच्चिन आग्रहगर्दा समेत नमानेको जानकारी विज्ञप्तिमा उल्लेख गरिएको छ।