पशुपतिनाथ मन्दिर खोल्दा अनिस्ट हुने भन्दै खोल्न नदिने ओमकारको प्रदर्शन ,
मङ्सिर २६ ,काठमान्डौ – पशुपतिनाथ मन्दिर खोल्न नदिने भन्दै काठमान्डौमा विरोध प्रदर्शन भईरहेको छ। संवैधानिक राजसंस्था रास्त्रियता सम्मुनत र स्वाभिमान सनातन संस्कृति हिन्दुधर्मको माग गर्दै ओमकार नामक संस्थाले हिजो काठमान्डौमा प्रदर्शन गरेको हो।
करिब ९ महिना बन्द भएको पशुपतिनाथ मन्दिर पुष १ गतेबाट सरकारले खोल्ने निर्णय गरेको छ। तर मन्दिर खोल्नुभन्दा अगाडी ओमकार बाबाहरुले दिप प्रज्वलन नगर्दै मन्दिर खोल्न नहुने उनीहरुको माग छ।
पहेलो झन्डामा ओम र नेपालि झन्डा बोकेर उनीहरुले सरकार विरुद्द नाराबाजी समेत गरेका थिए । आउँदो बैशाख पहिलो हप्तामा संसारभरका १ हजार ८ गुरुहरुको भेला गरेर समेत उनीहरुले प्रदर्शन गर्ने बताए।
कुनैपनि पार्टीको झण्डा आफुहरुले नबोकेको र सरकारले कोरोनाको नाममा मन्दिर चैत्य गुम्बामा गरेको हस्तक्षेपको विरुद्द उनीहरुले आवाज उठाएको बताएका हुन्।
अनाहाकमा पशुपतिनाथ मन्दिर खोल्दा मानिस पशुपन्क्षिमा हुने क्षतिको सम्पूर्ण जिम्मा सरकारले लिनुपर्ने अन्यथा ओमबाबाहरुले दिप प्रज्वलन गर्नुपर्ने र माघ १ गतेबाट मन्दिर खोल्न उनीहरुले माग राखेका छन्।
विभिन्न मठ मन्दिरका पुजारी समेतको हत्या हुँदा गोलि प्रहार हुँदा समेत सरकारले दोषीलाई कारबाही नगर्नु र सादु सन्तको रक्षा नगरेको भन्दै समेत उनीहरुले आक्रोस पोखे।