नेकपामा खैलाबैला प्रधानमन्त्रीले मागे प्रमुख सचेतकको राजिनामा ,
मङ्सिर ३० ,काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख सचेतक देव गुरुङको राजीनामा गरेका छन् । गत २८ गते बसेको स्थायी कमिटीको बैठक लगतै नेकपा संसदीय दलका नेता समेत रहेका ओलीले प्रमुख सचेतक गुरुङलाई बोलाएर राजीनामा मागेका थिए।
स्थायी कमिटि बैठक लगतै प्रधानमन्त्रीले बोलाएर ओलीले तपाईले प्रमुख सचेतकबाट राजिनामा दिनुहोस भनेको वालुवाटार निकट श्रोतले बतायो।
जवाफमा सचेतक देव गुरुङले यो पार्टीको निर्णय त होईन ,मैले किन राजिनामा दिने भनेर प्रतिप्रश्न गरेका पछि ओलीले अफुविरुद्दा गतिविधि गर्दै हिँडेकाले राजीनामा मागेको बताएका छन् ।
पार्टी भित्र भएका आवस्यक बहस र छलफलमा आफ्नो धारणा राख्नु स्वाभाविक भएको भन्दै गुरुङले राजिनामा दिन आवस्यक नठानेको बताए।
तेस्तै ओलीले नेकपा अध्यक्ष प्रचण्डलाई समेत फोन गरेर आफुले गुरुङलाई सचेतकबाट हटाउन लागेको समेत बताएपछि प्रचण्डले तेस्को प्रतिवाद गरेका छन्।
पार्टीमा छलफल नगरी संवैधानिक परिषद्को बैठक बोलाउने, गुरुङलाई हटाउने प्रयास गरेको भन्दै दाहालले प्रतिवाद गरेका हुन्।
नेकपा भित्र प्रधानमन्त्री ओलीबाट नेकपा पार्टीनै ध्वस्त हुन थालेको नेकपा पूर्व एमालेका बरिस्ठ नेताहरुले बताएका छन्।
ओलीलाई अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा माग्दा समेत उनले पार्टीलाई टेरेका छैनन्। अहिले प्रमुख सचेतकको ओलीले किन राजिनामा मागे भने कुराले नेकपा भित्र अर्को खैलाबैला मच्चीएको छ।

