उखु किसानको बक्यौता रकम नदिने लुम्बिनी चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ ,
पुष १६ ,पर्सा – लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन्। पश्चिम नवलपरासी प्रहरीले आवश्यक अनुसन्धानका लागि उपस्थित गराइदिन पर्सा प्रहरीलाई पत्रचार गरेपछि प्रहरीले उनलाई बिहीबार बिहान नियन्त्रणमा लिएको हो ।
सरकारले यसअघिनै उखु किसानको बक्यौता रकम नतिर्ने चारवटा चिनी मिल सञ्चालकलाई पक्राउ गर्न निर्देशन गरिसकेका छ। गृह मन्त्रालयले उखु किसानको आन्दोलन भएपछि अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्रिज प्रालि सर्लाही, इन्दिरा सुगर मिल एन्ड एग्रो प्रालि, लुम्बिनी सुगर मिल पश्चिम नवलपरासी तथा श्रीराम सुगर मिल रौतहटका सञ्चालकलाई कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।
पक्राउको निर्देशनपछि केहि चिनी मिल मालिकले उखु किसानको रकम फिर्ता गर्न सुरु गरेका छन् ,लुम्बिनी सुगर मिलले उखु किसानलाई दिन बाँकी रहेको ९ करोडमध्ये १ करोड ३६ लाख रुपैयाँ भुक्तानी गरिसकेको दाबी गरेको छ ।
उखु किसानको बक्युता रकम २१ दिन भित्र भुक्तानी गराउने वा चिनी मालिकलाई पक्राउ गर्ने प्रतिबद्दता गरेपछि उनीहरुले आन्दोलन स्थगित गरेका छन्।सर्लाही र नवलपरासी चिनी मिल मालिकबाट उखु किसानहरुले ९२ करोड भुक्तानी लिन बाँकी रहेको बताएका छन्।

