बर्दियामा बाघले झम्टिएर जंगलमा लगेको महिलाको शव क्षतविक्षत अवस्थामा फेला ,
पुष १८ बाँके -,हिजोराति मोटरसाईकलमा आफ्नै छोरा संग बर्दियाबाट कैलाली जाँदै गरेकी कैलालीको लम्किचुहा नगरपालिका वडा नं. ४ कौवापुरकी ५० वर्षीया समाजसेवी नन्दकली थापालाई बर्दिया राष्ट्रिय निकुञ्जको बाघले झम्टिएर जंगलमा लागेको थियो।
उनको शव आज मध्यान्न १२ बजे घटनास्थल नजिककरिब ३ सय मिटरमा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रवक्ता डिएसपी योगेन्द्र खड्काका अनुसार आज शव फेला परेको र थापाको अनुहार पुरै बाघले खाएको तेस्तै दुवै पीडौलापनि खाएको र देब्रे खुट्टा शरीरदेखि अलग गरेको अवस्थामा शव फेला परेको हो ।
शुक्रबार राति पूर्व बाँकेको कोहलपुरबाट पश्चिम कैलालीस्थित घर जान लागेका आमा छोरा सवार मोटरसाइकलमा बाघले झम्टिएर थापालाई घिसार्दै जंगलमा लगेको थियो। छोरा २२ वर्षीय सन्तोष थापाले मोटरसाईकल चलाएका थिए,शुक्रबार राति दश बजेतिर पूर्वबाट पश्चिम जाँदै गरेको सु.प.प १००८ प. ६८०१ नम्बरको मोटरसाइकलको पछाडि सवार सन्तोषकी आमा नन्दकली सवार थिइन्।
मोटरसाईकल अलि स्लो भएको अवस्थामा बाघले झम्टिएर आमालाई जंगलतिर लागेको थियो ,मोटरसाईकल लडेकोबेला आमालाई घिसार्दै लगेको थापाले प्रहरी र निकुञ्जका सुरक्षाकर्मीलाई जानकारी दिएका हुन्।
घटनास्थल पूर्वपश्चिम राजमार्ग अन्तर्गत निकुञ्ज भित्रपर्ने नेपाली सेनाको अम्रेनी चेकपोष्ट भन्दा करिब ५/६ किलोमिटर पश्चिममा रहेको जिल्ला प्रहरी प्रवक्ता खड्काले जानकारी दिए। घटना भएको जानकारी पछि निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेना हात्तीबाट खोजीमा निस्केको थिए तर शव फेला पर्न सकेको थिएन ।
शनिबार बिहानैदेखि नन्दकली थापाको खोजीका लागि नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली र निकुञ्जको टोली खोजीमा खटिएपछि थापाको शव बाघले खाएको अवस्थामा फेला परेको डिएसपी खड्काले बताएका हुन् ।
यो पनि
कैलालीमा गुडि रहेको बाईकबाट महिलालाई बाघले समातेर जंगलमा लगेको छ ,

