राजधानीमा चिसो बढ्यो साबधान रहन विज्ञको सुझाव ,

पुष २०, काठमान्डौ – पछिल्ला केहि दिनएता राजधानीमा अत्यधिक चिसो बढेको छ। आज बिहानदेखिने काठमान्डौ ,भक्तपुर ललितपुर लगायत आसपासका जिल्लाहरुमा अत्यधिक चिसोका साथै हल्का पानि समेत परेको छ।

चिसोले राजधानीमा गुड्ने सवारी साधनहरु कम देखिन्छन। चिसोले हिजो अस्तिका दिनमा बाहिर बसेर टोल टोलमा जम्मा हुने र आगो बालेर बुढा बुढी युवा युवती केटाकेटीले न्यानो लिने गरेपनि आजभने बिहानैदेखि कोहिपनि बाहिर निस्केका देखिदैनन।

हिमाली क्षेत्रमा जमेको हिउ ,

तेस्तै काठमान्डू लगायतका जिल्लाहरु हुस्सुले ढपक्कै ढाकेको देखिन्छ। देशभर चिसो मौसम बढेपछि बाहिर निक्लदा हिड्दा ध्यान पुर्याउनुपर्ने विज्ञहरु बताउछन ,त्यस्तै चिसोले तराईका क्षेत्रमा लु समेत बढ्ने गरेको छ।

यस्तै हिमाली क्षेत्रमा हिमपात सुरु भएको छ ,कालिकोटमा हिमपातले ढपक्कै लेकहरु ढाकेको छ ,हिमाली पहाडी क्षेत्रमा हिमपात सुरु भएपछि बाँझो जग्गा जोत खन्न सजिलो हुने र खेतीपाती लगाउन सुरु गरिने किसानहरु बताउछन।

कर्णालीको हिमाली जिल्ला हुम्लामा सिमकोट विमानस्थल हिउँले ढपक्क ढाकिएको छ। हुम्लामा तापक्रम अहिले माईनसमा झरेको छ। तेस्तै आसपासका जिल्ला जुम्ला ,मुगु , डोल्पा ,सल्यान हिमाली जिल्ला मनाङ्ग ,मुस्ताङ्गमा भारि हिमपात भईरहेको छ।

हुम्लामा हिंउले ढाकीएको सिमिकोट विमानस्थल ,