केन्द्रिय कमिटी बैठक अघि प्रचण्ड -नेपाल समूहको स्थायी समितीको बैठक बस्दै ,
माघ १९,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष प्रचण्ड -माधव नेपाल समूहको स्थायी कमिटीको बैठक चलिरहेको छ ।
आज पार्टीको केन्द्रिय कमिटीको चौथो बैठक बबरमहलस्थित कार्की पार्टी प्यालेसमा बस्दै छ ।
केन्द्रिय कमिटीको बैठक बस्नु अघि सो स्थानको सभा एक सभाहलमा स्थायी कमिटीको बैठकमा नेताहरु छलफलमा जुटेका छन ।
आजको केन्द्रिय कमिटीको बैठकबाट आगामी हुने सोसमुहका थप आन्दोलनका घोषणा हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
तेस्तै आजको केन्द्रिय कमिटी बैठकले काम चलाउ बनेका प्रधानमन्त्री केपि शर्मा ओलिलाई नेकपाको साधारण सदस्य नरहनेगरि कार्बाही गरिने पनि रंग दर्पनलाई जान्कारी भएकोे छ ।

