प्रचण्ड–माधव समूह आज दिउँसो आधिकारिकता दाबीको लागि निर्वाचन आयोग जाँदै,
माघ २० ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – नेपाल समूह आफ्नो पार्टीको आधिकारिकता दाबीको लागि निर्वाचन आयोग जाने भएको छ।पार्टीको सोमबार बसेको चौथो केन्द्रिय समूहको बैठकले आज दिउँसो आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा जान लागेको हो।
सो पार्टीले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी गर्ने निर्णय नेकपाको प्रचण्ड-माधव समूहले गरेको छ ।आफुहरुसंग बहुमत केन्द्रिय समिति आफूहरुसंग भएको हुँदा आधिकारिकता निर्वाचन आयोगले दिनुपर्ने उनीहरुको माग छ।
प्रतिनिधिसभा विघटनसँगै दुई खेमामा विभाजित नेकपाको प्रचण्ड-माधव समूहले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई चयन गरेको छ ।तेस्तै प्रधानमन्त्री केपी शर्मा ओली समूहलेपनि केन्द्रिय कमिटि विस्तार गरेको छ।