Gold
Bangad salyan

फागुन ७ गते टुँडिखेलबाट नयाँ जनआन्दोलन सुरु हुन्छ, नारायण वाग्ले,

माघ २० ,काठमान्डौ – बृहत नागरिक आन्दोलनका अभियान्ता नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलबाट नयाँ जनआन्दोलन सुरु हुने बताएका छन्।

वाग्लेले मंगलबार सोभा भगवतीमा आयोजित नागरिक समाजको विरोध सभामा बोल्दै फागुन ७ गते काँडेतार हटाएर भएपनि टुँडिखेल पुग्ने र नागरिक–घोषणापत्र सार्वजनिक गरिने बताए ।

वाग्लेले भने म यसै मञ्चमार्फत् आह्वान गर्दछु, काँडेतार हटाएर भए पनि त्यो ठाउँमा उभिएर नागरिक सभा गर्ने हक हामीलाई छ । उक्त सभामा बृहत् नागरिक आन्दोलनको घोषणापत्र सार्वजनिक गरी नयाँ जनआन्दोलनको उभार निम्त्याउँछौं ।

वाग्लेले बोलेको सार यस्तो छ ,

हामीले यसपालि शहीदको समर्पणमा निरन्तर कार्यक्रम गर्‍यौं । अब यसपालिको प्रजातन्त्र दिवस हामी आफैं मनाउन जानेछौं । त्यही दिन हामी नागरिक हो कि रैती, भन्ने कुरा सोध्नेछौं । नागरिक अधिकार कहाँ दमन गरियो, कहाँकहाँ खोसियो, त्यसमा हामी प्रश्न गर्नेछौं ।

७० वर्षदेखिको एक–एक हिसाब माग्नुपर्ने भएको छ । हिजो राणा शासनमा हिँड्न पाइँदैनथ्यो । आज देशमा निषेधाज्ञा छ, महत्त्वपूर्ण ठाउँमा काँडेतार छ । हामी खोकनामा गएका थियौं, त्यहाँको खेत बाँझो छ ।

अब शासकहरूले भन्नुपर्छ, हिजो सिंहदरबार कसले बनायो ? त्यो माटो केले बनेको थियो ? सिंहदरबारको नेपाली जनताको गाँस, बास, चामल र मास घर–घरबाट खोसेर ल्याएर बनाइएको हो । त्यसरी सिंहदरबार बनाउँदा छ महिनासम्म पहाडमा र भक्तपुर–काठमाडौंमा अनिकाल परेको थियो ।

हाम्रा बालबच्चाहरू कुपोषणको शिकार भए । त्यो सिंहदरबार, त्यहाँका शासक, त्यहाँका मालिकहरू आज के भए ? झन् शासक भए । ती शासकहरू सेवक हुन्छन् भनेर हामीले सोचेका थियौं, तर उनीहरू फेरि शोषक कसरी भए ? हामीले थाहा पाउनुपर्छ । आज पशुपतिमा सुनले जललहरी हाल्न लागेका छन् । राणा र आजको प्रधानमन्त्रीमा के फरक भयो । खोप लगाउने पैसाले तोप पड्काउन थालेका छन् ।

यसरी हिजोको विकसित नेपाल मण्डल कसरी बिगारियो ? यी सबै इतिहासको एक-एक हिसाब हुनुपर्छ । फागुन ७ गते यो सबै कुरा बताइनेछ । हाम्रो माटोमा टेकेर हामी बोल्नेछौं ।

केहि हप्ता मात्र अगाडी कमलपोखरीबाट माटोको टिका लगाएर बृहत नागरिक आन्दोलनको प्रदर्शन वालुवाटारतिर गएको थियो। आन्दोलनमा रहेका अनागरिक अगुवाहरुले आ आफ्नो भनाई राखेका थिए।

कार्यक्रम सम्पन्न पछि नारायण वाग्लेले वालुवाटार जनताको भएको र प्रहरीले दमन गरेको भन्दै केपी शर्मा ओलीलाई छिट्टै वालुवाटारबाट बालकोट पुर्याउने बताएका थिए। सोहि दिन प्रहरीदमनमा नागरिक आन्दोलनकर्मी घाइते भएका थिए।