Gold
Bangad salyan

रामकुमारी झाँक्री गिरफ्तार ,

माघ २९,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – माधव नेपाल समूहकि नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले पक्राउ गरेको छ ।झाक्रीलाई पक्राउ गर्न प्रहरी पुगेपछि झाक्रीको निवासमा भेला भएका नेकपा कार्यकर्ताले नारावाजी चर्को नारावाजी गर्दै प्रदर्शन गरेका थिए ।

समर्थकले प्रतिगमन मुर्दावाद ,राम कुमारी झाँक्री हाईहाईका नारा लगाएर नाराबाजी गरेका थिए। यस अघि झाँक्रीलाई पक्राउ गर्न सरकारले प्रहरीलाई चर्को दबाब दिएको थियो। पक्राउ पर्नुअघि झाक्रीले लोकतन्त्रको उपहास भएको प्रतिक्रिया दिइन् ।

‘नागरिकले सडकमा विद्रोहको भाषा बोल्न नपाउने भन्ने हुँदैन । तानाशाहहरु ढल्ने बेलामा यस्तै हुन्छ, निभ्ने बेलाको बत्ति जस्तै’ झाँक्रीको भनाई छ ।