Gold
Bangad salyan

रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न प्रचण्ड–माधव समूहको माग,

माघ २९ ,काठमान्डौ – नेकपा प्रचण्ड–माधव समूहले पक्राउ परेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई पतत्काल रिहाई गर्न माग गरेको छ । प्रहरीले बिहीबार झाँक्रीलाई राज्यविरुद्धको कसुर गरेको आरोपमा पक्राउ गरेपछि दाहाल–नेपाल समूहले विज्ञप्ति जारी गर्दै झाँक्रीलाई निसर्त रिहा गर्न माग गरेको हो ।

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जारि गरेको विज्ञप्तिमा लेखिएको छ ,हाम्रो पार्टीका केन्द्रिय कमिटि सदस्य तथा प्रतिनीधसभा सदस्य रामकुमारी झाँक्रीलाई आज गरिएको गिरफ्तारीबाट हाम्रो पार्टी आश्चर्यचकित भएको छ ।

नेपालको संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरकुंश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ ।

लोकतन्त्रमा अराज्नितिमा संलग्न कुनैपनि ब्याक्ति वा संस्था आलोचनाभन्दा माथि हुन् सक्दैन भन्ने तथ्य स्पस्ट हुँदा हुँदै पनि राजनीतिक आलोचनालाई राज्यविरुद्दको कसुर देख्नु दृस्टीभ्रम पूर्वग्रह स्वेच्छाधारीबाहेक केहि होईन। हाम्रो पार्टी सरकारको यस हर्कतको घोर निन्दा र भर्स्त्सना गर्दछ।