सरकार झ्यालखानाको संख्या थप कांग्रेस नेता गगन थापा ,
माघ २९ ,काठमान्डौ – नेकपाको दाहाल–नेपाल समूहकी नेत्री रामकुमारी झाँक्री पक्राउ परेपछि नेपालि कांग्रेसका युवा नेता गगन थापाले सत्यको पक्षमा बोल्दा
सरकारले मुख थुन्न खोजेको बताएक छन्।
रामकुमारी झाँक्री पक्राउ परेपछि नेता थापाले लेखेका छन् ,कर्तव्य निर्वाह गर्न छोडेर, असंवैधानिक र अलोकतान्त्रिक कार्य गर्ने अनि त्यसमा प्रश्न गर्नेलाई झ्यालखानामा राखेर तर्साउन खोज्ने रु उहिले महाराजा अहिले राष्ट्रपति । सरकार झ्यालखानाको संख्या थप,किनकि सत्य को पक्षमा बोल्ने मुख तिमिले देखाएको त्रासले बन्द हुँदैन ।
झाँक्रीलाई राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै प्रहरीले बिहीबार उनको शंखमूलस्थित निवासबाटै पक्राउ गरेको छ ।

