Gold
Bangad salyan

झाँक्री पक्राउ प्रकरणमा सरकार असफल ,

माघ ३० ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – नेपाल समूहकि केन्द्रिय सदस्य रामकुमारी झाँक्री पक्राउ प्रकरणले नागरिकको स्वतन्त्र खोस्ने सरकारको अभिव्यक्ति असफल भएको छ ।

दिउँसो बिहिबार झाँक्रीलाई उनकै निवास शंखमुलबाट बिनापुर्जी पक्राउ गरिएपनि साँझा ६ बजे झाँक्री रिहा भईन ,यो यौटा नेपाली जनताको र नागरिक स्वतन्त्रताको जितको संदेश हो।

केपी ओलीले गत पुष ५ गते संसद विघटन गरेपछि चौतर्फी विरोध भईरहेको छ ,संसद विघटनको विरुद बोल्दा रामकुमारी झाँक्रीलाई सरकारले पक्राउ गरेको थियो। नागरिकले चौतर्फी विरोध गरेपछि झाँक्रीलाई सरकारले रिहा गर्यो।

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आँखा चिम्लेर सदर गरेपछि अहिले नेकपा दुई समूहमा विभाजित छ ,आम नेपालि,विपक्षिदल लगायतले आन्दोलन गरेको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि प्रश्‍न उठाउँदै नेकपाकि नेता झाँक्रीले गोरखाको एक कार्यक्रममा अभिव्यक्ति दिएकि थिइन्। सो अभिव्यक्तिप्रति सरकार असन्तुस्ट थियो र झाँक्रीलाई पक्राउ गर्न लगाएको थियो।

गत २८ गते नेकपा दाहाल – नेपाल समूहले गरेको विशाल जनसभामा पनि झाँक्रीले बोल्न पाउनु आफ्नो अधिकार भएको र जनताको मुखमा अक्सैले टेप टाँसन नमिल्ने भन्दै राष्ट्रपति भण्डारीविरुद बोलिकी थिइन्।

झाँक्री यौटा पात्र भएपनि सरकारले पक्राउ गरेर एक संदेश दिन चान्थ्यो तर सरकार असफल भयो। झाँक्री प्रकरणमा नेकपा नेता देखि राप्रपा ,नेपालि कांग्रेसका नेता बुद्दिजिवि नागरिकले चौतर्फी विरोध गरेका थिए।

राष्ट्रपतिविरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको भन्दै पक्राउ पुर्जीमा राज्यविरुद्धको कसुरअन्तर्गत दफा ५८ अनुसार पक्राउ गरिएको उल्लेख छ । उक्त दफामा राष्ट्रपति वा संसद्लाई धम्की दिन नहुने उल्लेख छ ।

०६२–०६३ को जनआन्दोलनको चर्चित अनुहार झाँक्री पक्राउको विरोधमा सडकमा समेत विरोध सुरु भइसकेको थियो । झाँक्रीको रिहाईको माग गर्दै काठमाडौंमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको थियो ।हस्तक्षेप्मा दुई दर्जनभन्दा बढी नागरिक घाईते छन् ,उनीहरुको अहिले उपचार भईरहेको छ।

नेकपा दाहाल नेपाल समूहको २८ गतेको जना प्रदर्शनले सरकारले पछि हट्ने देखिएको संकेत छ ,भने झाँक्री पक्राउ प्रकरणको पनि नेकपा दाहाल नेपाल समूहले नयाँ मुद्दा प्रकरण बनाउने छ ,झाँक्री रिहा भएपछि तानशाह ढल्ने बेला आएको छ ,यो निभ्न लागेको बत्ति हो हामि नेपालि जनताको जित भएको छ उनले भनेकी थिइन्।