Gold
Bangad salyan

प्रदेश १ मा केपी ओली समूह अल्पमतमा ,

फागुन १० ,विराटनगर – प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्ताव सदनमा पेस भएपछि केपी ओली समूहमा आल्पमतमा परेको छ। प्रदेश १ सभाको हिजो बसेको बैठकमा मुख्यमन्त्री राईविरुद्धको अविश्वासको प्रस्ताव प्रचण्ड–माधव पक्षका सांसद ईन्द्र आङ्बोले सदनमा पेस गरिसकेका छन् ।

मुख्यमन्त्री राईविरुद्ध नेकपा दाहाल-नेपाल समूहका ३७ जना सांसदले हस्ताक्षर गरी अविश्वास प्रस्ताव दर्ता गरेका छन्। आङ्वोले अविश्वास प्रस्ताव पेश गरेलगत्तै सभामुख प्रदीपकुमार भण्डारीले आगामी फागुन २० गतेसम्मका लागि संसद बैठक स्थगित भएको घोषणा गरेका छन् । तेस्तै ९३ सदस्यीय प्रदेशसभामा नेकपाका ६७, कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राष्ट्रिय प्रजातन्त्र पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ जना छन् ।

नेकपाका ६७ जनामध्ये पूर्वएमालेका ५१ र पूर्वमाओवादीका १६ जना छन् ।दाहाल–नेपाल पक्षधरले २२ जनाभन्दा कम प्रदेशसभा सदस्य मुख्यमन्त्री राईसँग रहेको दाबी गर्दै आएका थिए । मुख्यमन्त्री राई पक्षधरले भने ३५ भन्दा बढी प्रदेशसभा सदस्यहरू आफूहरूसँग रहने दाबी गरेका थिए । प्रदेशसभामा बहुमतका लागि ४७ जना सदस्य चाहिन्छ ।

मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेस,