नवलपारासीमा डरलाग्दो ट्रक दुर्घटना दुवै चालकको मृत्यु ,
फागुन १८ ,नवलपरासी- महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको दुम्कौलीमा दुईवटा ट्रक एक आपसमा जुध्दा दुवै चालकको मृत्यु भएको छ भने दुर्घटनामा दुई जना घाइते छन् ।
हिजो राति साढे १२ बजेतिर ना६ख ३०११ र ना७ख ७०२३ नम्बरका ट्रक गएराति १२ बजे आपसमा ठोक्किएका थिए ।मृत्यु हुनेमा पोखराका खिमबहादुर विक र मकवानपुरका राजकुमार न्यौपाने छन् ।
उनीहरूको डन्डास्थित जिल्ला अस्पतालमा उपचारका क्रममा बिहान ३ बजे मृत्यु भएको हो । दुर्घटनामा दुवै ट्रकका सहचालकहरु घाइते भएका छन् ।
घाइते हुनेमा तनहुँको बन्दीपुर बस्ने वर्ष १८ का विश्वास शाही र दाङको बबई-६ घर भएका सुन्दर खड्का भनिने घनश्याम खड्का छन् । दुवैको अवस्था गम्भीर रहेको रजहर प्रहरीले जनाएको छ । चितवनस्थित पुरानो मेडिकल कलेजमा उनीहरुको उपचार भईरहेको छ।

