Gold
Bangad salyan

मेलम्चीको पानि सुन्दरीजल आईपुग्यो ,

फागुन २२ ,काठमान्डौ – बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी सुन्दरीजल आइपुगेको छ । प्रधानमन्त्री ओलीले शनिबार आयोजित विशेष कार्यक्रमकासाथ स्वीच थिचेर सुन्दर जलमा पानी खसालेका हुन् ।

खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेर गत १० गते सुरुङमा पानी परीक्षण गरेको थियो । सुन्दरीजलम आएको पानीलाई प्रशोधन गरेर परीक्षण गरिनेछ भने केहिदिनमानै काठमान्डौको घर घरमा मेलम्चीको पनि पुग्ने प्रधानमन्त्री ओलीले बताए।

गत असारमै सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो तर हेलम्बु गाउँपालिका–१ स्थित अम्बाथानको अडिटको मुख्य गेट (नं १७) फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनियर र चालकलाई बगाएको थियो ।

त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) को अनुदान सहयोगअन्तर्गत चार जना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो ।