महिलाहरूको साहस, त्याग र बलिदानीले आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका हौ प्रचण्ड , ,
फागुन २४ ,काठमान्डौ – आजको दिन महिलाहरूको हक र अधिकारकाको आवाज बुलन्द गरिएको संघर्षको दिन रहेको साबिक नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड – नेपाल समूहका अध्यक्ष प्रचण्डले बताएका छन्।
१११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा सुभकामना दिदै अधय्क्ष प्रचण्डले समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त रहेको बताएका हुन्।
आजको दिन आर्थिक, सामाजिक, राजनीतिक तथा साँस्कृतिक अधिकार स्थापित गर्न आवाज बुलन्द गरिएको संघर्षको दिन भएको हुँदा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ,आज विश्वभरका महिला दिदीबहिनीहरूको मात्र नभई मानव समुदायकै लागि एउटा ऐतिहासिक दिन हो ,प्रचण्डको सुभकामना विज्ञप्तिमा लेखिएको छ।
विश्वमा न्याय, समानता, स्वतन्त्रता र मुक्तिका लागि ठूलठूला संघर्ष हुँदै आएका छन् । मानव जातिको पूर्ण मुक्ति हाम्रो सपना हो । त्यसका लागि महिला हिंसाको अन्त्यले मात्र पुग्दैन । समग्र महिला मुक्ति नै मानव मुक्तिको पूर्वशर्त हो ।
महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत नेपालका सामाजिक र राजनीतिक क्रान्तिहरूमा नेपाली महिलाहरूले अग्रमोर्चामा रहेर नेतृत्व गरेको तथ्य नेपाली राजनीतिक इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ प्रचण्डले भनेका छन् ।
महिलाहरूको त्यो साहस, त्याग र बलिदानीले आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा आइपुगेका हौं ।
पछिल्लो चरणमा महिला, जनजाति, आदिवासी, दलित लगायत उत्पीडित र उपेक्षित समुदायका प्रतिनिधिमाथि सरकारबाट भएका आक्रमण र दुर्व्यवहारले संघर्षबाट प्राप्त जनताको अधिकार गुम्ने खतरा पैदा भएको छ । प्रतिक्रियावादी प्रतिगामी तत्वहरूसँग प्रतिरोधपूर्ण संघर्षका लागि आजको दिनले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

