देउवाले बोलाए तिन दलको बैठक सरकार समीकरणबारे छलफल ,
चैत २६ ,काठमान्डौ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् ।सत्ता समीकरणको छलफलका लागि देउवाले माओवादी केन्द्र र जनता समाजवादी (जसपा) लाई शुक्रबार ३ बजे आफ्नो निवास बुढानिलकण्ठमा बोलाएका हुन्।
माओवादी र जसपा सँगको छलफलमा पार्टीका शीर्षस्थ नेतालाई पनि बोलाइएको उनका स्वकीय सचिव भानु देउवाले बताए । माओवादी केन्द्र कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न सहमत देखिएको छ भने जसपा भने विभाजित देखिएको छ ।
संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने मत राख्दै आएका छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीसँग निरन्तर संवादमा छन् ।
तिन दलको आजको बैठकले भोलि हुने छलफलले नयाँ सरकार बन्ने वा नबन्ने टुंगो लाग्नसक्ने माओवादी केन्द्रका एक नेताले रंग दर्पणलाई बताए । आज तिन दलको छलफल छ आजपनि केहि विशेष टुंगो लाग्ने छ ,तिन दलको साथ्ले सरकार अगाडी बढाउने छलफल हुन्छ कुरा मिलेन भने हामि सरकारलाई दिएको समर्थन फिर्ता लिन्छु उनले भने।

