उपत्यकामा १६ गते मध्यरातदेखि निषेधाज्ञा, यातायात पनि बन्द हुने ,
बैशाख १३ ,काठमान्डौ – राजधानीका तिन जिल्लामा निषेधाज्ञा लाग्ने भएको छ । काठमाडौं, ललितपुर र भक्तपुरका प्रशासनबीच भएको छलफलपछि आगामी वैशाख १६ गते मध्यरातदेखि निषेधाज्ञा लगाईने भएको हो।
निषेधाज्ञामा अत्यावश्यक सेवाकाबाहेक सबै पसल र सार्वजनिक तथा निजी यातायात बन्द हुनेछन् भने हवाई यातायात भने बन्द हुने छैनन।
सरकारले अत्यावश्यक भनी तोकेका क्षेत्रका कर्मचारीलाई भने पास र सम्बन्धित कार्यालयको परिचयपत्रका अनुसार आवतजावत गर्न दिइने ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत जानकारी दिए ।
सोमबार बिहान काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको बैठकपछि गृह मन्त्रालयसँग निषेधाज्ञाको खाका र समयावधिबारे परामर्श भएको थियो । यसको औपचारिक निर्णय केहीबेरमा सार्वजनिक हुने छ ।

